images

२०८३ आश्विन २ गते

images
images
images

बढ्न थाल्यो कर्जा प्रवाह, दोस्रो त्रैमासिकमा ५.२ प्रतिशत वृद्धि

बढ्न थाल्यो कर्जा प्रवाह, दोस्रो त्रैमासिकमा ५.२ प्रतिशत वृद्धि

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा बैंक तथा वित्तीय संस्थाहरुबाट जाने कर्जा प्रवाह बढेको छ।पुस मसान्तसम्म बैंकहरुबाट प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको हो। 

    images
    images

    समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ६५ अर्ब ५६ करोडले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९२ अर्ब ६४ करोड (४.० प्रतिशत) ले बढेको थियो। 

    वार्षिक विन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.० प्रतिशतले बढेको छ। २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.८ प्रतिशत रहेको छ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend