images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • ‘कृषि क्षेत्रको समग्र विकासका लागि अगाडि...

‘कृषि क्षेत्रको समग्र विकासका लागि अगाडि बढेका छौँ’

‘कृषि क्षेत्रको समग्र विकासका लागि अगाडि बढेका छौँ’

images
images
शनिवार, माघ २६ २०८१
शनिवार, माघ २६ २०८१
  • काठमाडौँ, २६ माघः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार अगाडि बढेको बताउनु भएको छ । 

    images
    images

    कृषि विकास निर्देशनालय डोटीले धनगढीमा आयोजना गरेको ‘प्रथम प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी २०८१’को आज उद्घाटन गर्दै उहाँले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकार लागिरहेको बताउनुभयो ।

    “उत्पादन बढाउन, युवा शक्तिलाई कृषि क्षेत्रमा कसरी जोड्न सकिन्छ भन्नबारे सबैको चासो र चिन्ता छ । यसमा ठोस रूपमा कार्यक्रम बनाएर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो पनि मान्यता छ”, मुख्यमन्त्री शाहले भन्नुभयो,“उत्पादनको क्षेत्र पहिचान गरेर कृषिमा जोन छुट्याएर काम गर्ने र ठूला व्यावसायिक केन्द्र निर्माण गर्ने सन्दर्भमा आगामी आर्थिक वर्षमा केही न केही योजनाका साथ अगाडि बढ्ने छौँ ।”

    images
    images

    उहाँले कृषि उत्पादन बढाउने र बजारीकरणका लागि राज्यले नै भूमिका निभाउनु पर्ने भन्दै यसमा प्रदेश सरकारले पनि आफ्नो दायित्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    प्रदेश सरकारले कृषि क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भन्दै मुख्मन्त्री शाहले कृषि अनुदान वास्तविक किसानको हातमा पर्ने गरी व्यवस्थित गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि क्षेत्रको अनुदानलाई कसरी व्यवस्थित बनाउन सकिन्छ, वास्तविक किसानको हातमा अनुदान पर्ने गरी कसरी जान सकिन्छ भनेर छलफल गरिरहेका छौँ । यसमा निश्चित विधि बनाएर अगाडि बढ्छौँ ।”

    आज देखि सुरु भएको मेला यही माघ ३० गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलामा कृषि तथा पशुपन्छी क्षेत्रका विभिन्न प्रकारका प्रदर्शनी स्टल राखिएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend