images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • हिमालयन रि इन्स्योरेन्सको नाफा बढे पनि...

हिमालयन रि इन्स्योरेन्सको नाफा बढे पनि प्रतिसेयर आम्दानी घट्यो

हिमालयन रि इन्स्योरेन्सको नाफा बढे पनि प्रतिसेयर आम्दानी घट्यो

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको नाफा २.३ प्रतिशत बढेको छ ।कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६१ करोड ६९ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ६० करोड २७ लाख रुपैयाँ थियो । कम्पनीको खुद प्रिमियम आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले १ अर्ब ९९ करोड रहेकोमा अहिले २ अर्ब ३९ करोड छ ।

    images
    images

    समग्रमा कुल आम्दानी पहिले २ अर्ब ४६ करोड रहेकोमा अहिले ३ अर्ब ४ करोड पुगेको छ । कुल खर्च पनि बढेको छ । पहिले कुल खर्च १ अर्ब ६० करोड रहेकोमा अहिले २ अर्ब २ करोड छ ।नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घटेको छ । वार्षिक प्रतिसेयर आम्दानी पहिले १२ रुपैयाँ ५ पैसा रहेकोमा अहिले ११ रुपैयाँ ८६ पैसा छ । चुक्ता पूँजी बढ्दा प्रतिसेयर आम्दानीमा असर पारेको हो । चुक्ता पूँजी १० अर्बबाट बढेर १० अर्ब ४० करोड पुगेको छ ।प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ५७ पैसा रहेको कम्पनीको बजारमा साधारण सेयर मूल्य हाल ८५३ रुपैयाँ छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend