images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • बीमा कम्पनीको बढ्दो बजार, एक वर्षमा...

बीमा कम्पनीको बढ्दो बजार, एक वर्षमा थपियो झन्डै ५२ हजार अभिकर्ता

बीमा कम्पनीको बढ्दो बजार, एक वर्षमा थपियो झन्डै ५२ हजार अभिकर्ता

images
images
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • काठमाडौं । नेपालमा बीमा व्यवसायमा अभिकर्ताको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार, २०८०\८१ को एक वर्षमा नेपालमा झन्डै ५२ हजार अभिकर्ता थपिएका छन्।

    images
    images

    नेपाल बीमा प्राधिकरणले पछिल्लो समय अनलाइन माध्यमबाट परीक्षा लिएर बीमा अभिकर्ता लाइसेन्स वितरण गर्दै आएको छ। पछिल्लो १ वर्षको तथ्यांक हेर्ने हो भने नेपालको बीमा बजारमा झन्डै ५२ हजार अभिकर्ता थपिएका छन्।२०८०\८१ को आर्थिक वर्षमा नेपालमा कुल ३ लाख २९ हजार ५७२ अभिकर्ता सक्रिय रहेका छन्, जुन अघिल्लो वर्ष २०७९\८० भन्दा १८.७१ प्रतिशतले वृद्धि भएको हो।

    यसै गरी, बीमा व्यवसायसँग सम्बन्धित १ हजार २४८ सर्भेयर पनि संलग्न रहेका छन्, जुन अघिल्लो वर्षको तुलनामा २.५५ प्रतिशतले वृद्धि भएको देखिन्छ।बीमा क्षेत्रमा प्रत्यक्ष रोजगारी पनि बढेको छ। आर्थिक वर्ष २०८०\८१ मा ११ हजार ७६९ जनाले बीमा क्षेत्रमा प्रत्यक्ष रोजगारी पाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २.३७ प्रतिशत बढी हो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend