images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • नौ बीमा कम्पनीले घोषणा गरे लाभांश,...

नौ बीमा कम्पनीले घोषणा गरे लाभांश, कसले कति दिँदैछन् ?

नौ बीमा कम्पनीले घोषणा गरे लाभांश, कसले कति दिँदैछन् ?

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं । नेप्सेमा सूचीकृत बीमा कम्पनीहरुले  लाभांश घोषणा गर्न थालेका छन् । 

    images
    images

    आर्थिक वर्ष २०८०/८१ का लागि हालसम्म ९ वटा जीवन बीमा र निर्जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । अहिलेसम्म ४ जीवन बीमा र ५ निर्जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । जीवन बीमातर्फ आइएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ,सूर्यज्योति लाइफ इन्स्योरेन्स र  हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका छन् ।

    निर्जीवनतर्फ हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेका छन् । यी कम्पनीहरुले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । 

    images
    images

    कुन कम्पनीले कति दिँदैछन् बोनश र नगद ?

    आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुका लागि आकर्षक प्रतिफल घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। 

    सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा कम्पनीले २० प्रतिशत नै नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा कम्पनीले १० प्रतिशत बोनश सेयर वितरण गर्नेछ भने ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । ।

    मर्जरपछि कुनै लाभांश नबाँडेको हिमालयन लाइफ  इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर घोषणा गरेकाे छ । प्राइम, गुराँस र युनिक लाइफ गरी ३ जीवन कम्पनी मर्ज भएर हिमालयन लाइफ कम्पनी बनेको थियो ।

    सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनश सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने निर्णय गरेको हो । 

    आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने निर्णय गरेको हो । 

    हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूाजीको ८.७५ प्रतिशत नगद (लाभांशमा लाग्ने करसमेत) लाभांश दिने निर्णय गरेको हो ।

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend