images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • यी हुन् शिखर इन्स्योरेन्सका १४ ठूला...

यी हुन् शिखर इन्स्योरेन्सका १४ ठूला शेयरधनी, कसको शेयर कति ?

यी हुन् शिखर इन्स्योरेन्सका १४ ठूला शेयरधनी, कसको शेयर कति ?

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीमा १ प्रतिशत वा सोभन्दा धेरै शेयर स्वामित्व कायम रहेका लगानीकर्ताको संख्या १४ रहेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन अनुसार ठूला शेयरधनीहरुको संख्या १४ रहेको छ । 

    images
    images

    जसमध्ये सबैभन्दा धेरै शेयर गौरव अग्रवालको रहेको छ । उनको ३२ लाख ७१ हजार ९९९ कित्त शेयर तथा १२.३२ प्रतिशत स्वामित्व रहेको छ । यसैगरी, चन्दा शेर्पाको १६ लाख ९४ हजार ७०१ कित्ता शेयर तथा ६.३८ प्रतिशत स्वामित्व रहेको छ भने बुद्ध एयर प्रालिको १६ लाख ३९ हजार ५०१ कित्ता शेयर तथा ६.१८ प्रतिशत स्वामित्व रहेकाे छ ।

    त्यसैगरी, शसिकान्त अग्रवालको ११ लाख ४९ हजार ४८५ कित्ता शेयर तथा ४.३३ प्रतिशत स्वामित्व, विकास जंग बहादुर राणाको ९ लाख ५३ हजार ७४४ प्रतिशत शेयर तथा ४.०४ प्रतिशत स्वामित्व र कैलाश प्रसाद सिरोहियाको ९ लाख ७३ हजार ६३७ कित्ता शेयर तथा ३.६७ प्रतिशत स्वामित्व रहेको छ । 

    images
    images

    यस्तै, राजेन्द्र प्रसाद श्रेष्ठको ९ लाख ६८ हजार २७७ कित्ता शेयर तथा ३.६५ प्रतिशत स्वामित्व रहेको छ भने लोमस इन्भेष्टमेन्ट प्रालिको २.६९ प्रतिशत स्वामित्व रहेको छ । 

    कसको शेयर र स्वामित्व कति ? 

    null
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend