images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • यी बीमा कम्पनीले घोषणा गरे लाभांश,...

यी बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

यी बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

images
images
बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को लागि हालसम्म १० वटा बीमा कम्पनीहरूले लाभांश घोषणा गरेका छन्। यसमा ५ वटा जीवन बीमा कम्पनी र ५ वटा निर्जीवन बीमा कम्पनी समावेश छन्।

    images
    images

    लाभांश घोषणा गर्ने बीमा कम्पनीहरुमा जीवन बीमातर्फ सानिमा रिलायन्स लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन्। 

    निर्जीवन बीमातर्फ भने हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्स रहेका छन्।

    images
    images

    सूर्यज्योति लाइफ इन्स्योरेन्स ले २० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। यस कम्पनीले साधारण सभा सम्पन्न गरिसकेको छ।

    आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन १३ गतेसम्म कायम सेयरधनीहरू सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ९.२४८९ प्रतिशत लाभांश घोषणा गरेको छ। यसमा १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश समावेश छ। साधारण सभाको मिति भने तय गरिएको छैन।

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। यसमा २६.९८ प्रतिशत बोनस शेयर र १.४२ प्रतिशत नगद लाभांश समावेश छ।

    नेपाल लाइफ इन्स्योरेन्स ले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ, जसमा १० प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश रहेका छन्।

    सानिमा जीआईसी इन्स्योरे कम्पनीले ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। साधारण सभाको मिति तय गरिएको छैन।

    हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ८.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। कम्पनीले ३१ औँ वार्षिक साधारण सभा फागुन २७ गते आयोजना गर्ने निर्णय गरेको छ।आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ९.७३६८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। कम्पनीले फागुन ११ गते बुक क्लोज गरिसकेको छ र साधारण सभा आगामी फागुन २५ गते हुनेछ।

    शिखर इन्स्योरेन्स कम्पनीले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश समावेश छ।सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले फागुन १५ गते ३१ औँ वार्षिक साधारण सभा बोलाइसकेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend