काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा १ प्रतिशत भन्दा धेरै स्वामित्व रहेका शेयरधनीहरुको संस्था १६ रहेको छ । कम्पनीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार २०८१ असार मसान्तसम्म कम्पनीमा १ प्रतिशत भन्दा बढी शेयर हुने लगानीकर्ताको संख्या १६ रहेको छ ।
जसमध्ये सबैभन्दा धेरै सिद्धार्थ बैंकको स्वामित्व रहेको छ । कम्पनीमा सिद्धार्थ बैंकको ७.५४ प्रतिशत स्वामित्व तथा २१ लख १५ हजार १९ कित्ता शेयर रहेको छ । यसैगरी, राम लाल श्रेष्ठको १७ लाख २९ हजार ९२० कित्ता शेयर तथा ६.१६ प्रतिशत स्वामित्व, बाल कृष्ण श्रेष्ठको ९ लाख ९४ हजार ६२२ कित्ता शेयर तथा ३.५४ प्रतिशत स्वामित्व रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी, सुरेश लाल श्रेष्ठको ९ लाख १७ हजार कित्ता शेयर तथा ३.२७ प्रतिशत स्वामित्व, दिनेश लाल श्रेष्ठको ९ लाख ४ हजार कित्ता शेयर तथा ३.२२ प्रतिशत स्वामित्व, कमल कुमार बेगनीको ८ लाख ८७ हजार कित्ता शेयर तथा ३.१६ प्रतिशत स्वामित्व, प्रभु कृष्ण श्रेष्ठको ८ लाख ८९ हजार कित्ता शेयर तथा ३.१४ प्रतिशत स्वामित्व, आरएसआर होल्डिङ प्रालिको ६ लाख ८८ हजार कित्ता शेयर तथा २.४५ प्रतिशत स्वामित्व र पवन कुमार अग्रवालको ६ लाख ४४ हजार ३११ कित्ता शेयर तथा २.३० प्रतिशत स्वामित्व रहेको छ ।
यस्तै, रोहित अग्रवालको १.७० प्रतिशत, पवन कुमार अग्रवालको १.६५ प्रतिशत, अमिर श्रेष्ठको १.४८ प्रतिशत स्वामित्व, पवन कुमार अग्रवालको १.४०, सुबोध कुमार तोडीको १.०७, भरत कुमार तोडीको १.०६ र विजय कुमार श्रेष्ठको १.०४ प्रतिशत शेयर स्वामित्व रहेको छ ।




.gif)





