images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • बीमा कम्पनीहरुको हकप्रद स्वीकृति प्रक्रिया अन्तिम...

बीमा कम्पनीहरुको हकप्रद स्वीकृति प्रक्रिया अन्तिम चरणमा, कुनको कति ?

बीमा कम्पनीहरुको हकप्रद स्वीकृति प्रक्रिया अन्तिम चरणमा, कुनको कति ?

images
images
शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) को पाइपलाइनमा रहेको बीमा कम्पनीहरुको हकप्रद स्वीकृति दिने प्रक्रिया अन्तिम चरणमा रहेको छ ।हाल बीमा कम्पनीहरुको ६ अर्ब तीन करोडबढी रुपैयाँको हकप्रद शेयर निष्काशन स्वीकृतिको लागि पाइपलाइनमा रहेको छ । नेपाल बीमा प्राधिकरणको चुक्ता पुँजी बृद्धि गर्ने सम्बन्धमा दिएका निर्देशन बमोजिम सात कम्पनीहरुले उक्त रकम बराबरको हकप्रद निष्काशन गर्न लागेका हुन् ।

    images
    images

    यस अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स बोर्डको पाइपलाइनमा रहेका छन् ।धितोपत्र बोर्डको पाइपलाइनमा ३ वटा जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन बीमा कम्पनीहरु रहेका छन् । कम्पनीहरुले चुक्ता पूँजी बृद्धिको आवश्यकता अनुसार हकप्रद निष्काशन गर्ने निर्णय गरेका थिए । जसका लागी उनीहरुले सम्पूर्ण आवश्यक प्रक्रिया पुरा गरेर बोर्डको अनुमतिको पर्खाइमा रहेका छन् ।

    बोर्डको पाइपलाइनमा रहेका बीमा कम्पनीहरुको हकप्रदलाई स्वीकृत दिन आवश्यक प्रक्रिया अगाडि बढाइरहेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरन्जन घिमिरेले जानकारी दिए । उनले भने, ‘हामीले अहिले बीमा तथा विभिन्न क्षेत्रका आइपीओलाई पनि स्वीकृती दिदै आएका छौं । अब चाँडै बीमा कम्पनी लगायतका अन्य कम्पनीहरुको हकप्रदलाई पनि स्वीकृती दिने प्रक्रिया अन्तिम चरणमा रहेको छ ।’

    images
    images

    हकप्रद निष्काशनको लागि पाइपलाइनमा रहेका कम्पनीहरु

    १. सन नेपाल लाइफ इन्स्योरेन्स
    सन नेपाल लाइफ इन्स्योरेन्सले १ः०.२७ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.२७ को अनुपातले एक करोड ६ लाख ९६ हजार कित्ता बराबर एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँको हकप्रद निष्काशन गर्नेछ । कम्पनीको हकप्रद बिक्री प्र्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।

    २. एशियन लाइफ इन्स्योरेन्स
    एशियन लाइफ इन्स्योरेन्सले १ः०.४२ का अनुपातका दरले एक करोड ४२ लाख ७९ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक अर्ब ४२ करोड ७९ हजार रुपैयाँको हकप्रद ल्याउने भएको छ । कम्पनीले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

    ३. प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स
    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ः०.१७ अनुपातका दरले ७३ लाख तीन हजार दुई सय कित्ता बराबरको ७३ करोड तीन लाख २० हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्नको लागी सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    ४. नेपाल इन्स्योरेन्स
    नेपाल इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १०ः४ का अनुपातले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले ६५ लाख ७६ हजार कित्ता बराबर ६५ करोड ७६ लाख ९३ हजार रुपैयाँको हकप्रद ल्याउन एनआइएमबि एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    ५. प्रभु इन्स्योरेन्स
    प्रभु इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १ः०.५०१५६ का अनुपातले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले ८३ लाख ५० हजार कित्ता बराबर ८३ करोड ५० लाख १३ हजार रुपैयाँको हकप्रद ल्याउन एनआइसी एशिया क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    ६. सानिमा जिआइसी इन्स्योरेन्स
    सानिमा जिआइसी इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १०ः२.५ का अनुपातले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले ५० लाख कित्ता बराबर ५० करोड रुपैयाँको हकप्रद ल्याउन सिटिजन क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    ७. युनाइटेड अजोड इन्स्योरेन्स
    युनाइटेड अजोड इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १ः०.१५ का अनुपातले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले ३१ लख ५० हजार कित्ता बराबर ३१ करोड ५० लाख रुपैयाँको हकप्रद ल्याउन लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend