images

२०८३ आश्विन २ गते

images
images
images

बैंक तथा वित्तीय संस्थाको कुन कुन सेक्टरमा कति बढ्यो कर्जा ?

बैंक तथा वित्तीय संस्थाको कुन कुन सेक्टरमा कति बढ्यो कर्जा ?

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाहरु यतिबेला पर्याप्त कर्जा प्रवाह गर्न सक्ने क्षमतामा छन् ।

    images
    images

    लगानीयोग्य रकम पर्याप्त रहेकाले ब्याजदर पनि न्यून विन्दुमा झरेको छ । माघ महिनामा पुनः कर्जा प्रवाह न्यून देखिएको छ । पुस महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट ८७ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा माघ महिनामा जम्मा १७ अर्ब ९० करोड रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ ।

    समग्रमा चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म सात महिनाको अवधिमा २ खर्ब ८३ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ ।गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष माघ मसान्तसम्म ५.६ प्रतिशतले कर्जा प्रवाह बढेको छ । कर्जा प्रवाह सबैभन्दा धेरै आयातका लागि बढेको तथ्यांक देखिन्छ ।  तथ्यांकअनुसार आयात कर्जा (ट्रस्ट रिसिप्ट) प्रकृतिको कर्जा सबैभन्दा धेरै ६९.५ प्रतिशतले बढेको छ ।

    images
    images

    निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५.९ प्रतिशतले, विकास बैंकहरूको ३.१ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५.२ प्रतिशतले बढेको छ ।औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.५ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.० प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले बढेको छ ।

    आवधिक कर्जा ३.६ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा २७.८ प्रतिशतले, हायर पर्चेज कर्जा ४.५ प्रतिशतले, नगद प्रवाह कर्जा ३.७ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.२ प्रतिशतले बढेको छ ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend