images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • हालसम्म एघार बीमा कम्पनीको लाभांश घोषणा,...

हालसम्म एघार बीमा कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

हालसम्म एघार बीमा कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं । हाल सम्ममा ११ बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २४ बीमा कम्पनीहरुमध्ये आव २०८०\८१ को सञ्चित मुनाफाबाट ५ जीवन बीमा कम्पनी र ६ निर्जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन्।

    images
    images

    जीवन बीमा कम्पनीहरुको लाभांश:
    लाभांश घोषणा गर्ने ५ जीवन बीमा कम्पनीहरुमा सुर्यज्योति लाइफ, नेपाल लाइफ, आइएमई लाइफ, सिटिजन लाइफ र सानिमा रिलायन्स लाइफ रहेका छन्। यी मध्ये सुर्यज्योति लाइफ, आइएमई लाइफ र नेपाल लाइफका पुँजी ५ अर्ब रुपैयाँ पुगिसकेको छ, भने सिटिजन लाइफ र सानिमा रिलायन्स लाइफको पुँजी बोनस सेयर वितरणपछि ५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

    सुर्यज्योति लाइफ: २० प्रतिशत
    आइएमई लाइफ: २१.०५२६ प्रतिशत
    नेपाल लाइफ: २१.०५ प्रतिशत
    सिटिजन लाइफ: २८.४०४३ प्रतिशत
    सानिमा रिलायन्स लाइफ" ९.२४८९ प्रतिशत

    images
    images

    निर्जीवन बीमा कम्पनीहरुको लाभांश:
    निर्जीवन बीमा कम्पनीहरुमा पनि लाभांश वितरण भएको छ। लाभांश घोषणा गर्ने ६ निर्जीवन बीमा कम्पनीहरुमा सिद्धार्थ प्रिमियर, शिखर इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल, नेपाल इन्स्योरेन्स र सानिमा जिआइसी रहेका छन्।
    सिद्धार्थ प्रिमियर इन्स्योरेन्स: ३० प्रतिशत
    शिखर इन्स्योरेन्स: १०.५२६३ प्रतिशत
    हिमालयन एभरेष्ट इन्स्योरेन्स: ८.७५ प्रतिशत
    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स: ९.७३६८ प्रतिशत
    नेपाल इन्स्योरेन्स: १५.७९ प्रतिशत
    सानिमा जिआइसी इन्स्योरेन्स: ७.८९४७ प्रतिशत

    नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार, जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुलाई साढे २ अर्ब रुपैयाँ पुँजी पुर्याउन दबाब दिइएको छ। यस दबाबको अन्तर्गत, अधिकांश बीमा कम्पनीहरुले हकप्रदको बाटो अपनाएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend