images

२०८३ आश्विन २ गते

images
images
images
  • अर्थतन्त्र
  • सात महिनामा चार्जर आयात संख्या स्मार्टफोनको...

सात महिनामा चार्जर आयात संख्या स्मार्टफोनको तुलनामा डेढ गुणा बढी,१२ लाख स्मार्टफोन आयात

सात महिनामा चार्जर आयात संख्या स्मार्टफोनको तुलनामा डेढ गुणा बढी,१२ लाख स्मार्टफोन आयात

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौँ ।  नेपालमा चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा मोबाइल फोन चार्जर आयात संख्या स्मार्टफोनको तुलनामा डेढ गुणा बढी देखिएको छ । साउनदेखि माघभित्र ३० लाख २ हजार ८ सय ५९ थान मोबाइल चार्जर आयात हुँदा स्मार्टफोन आयात संख्या १२ लाख २९ हजार ९ सय ५७ थान रहेको भन्सार विभागको तथ्यांक छ ।

    images
    images

    यस अवधिमा कुल १८ अर्ब ९८ करोड १३ लाख ५५ हजार रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका छन् । यसबाट सरकारले ३ अर्ब ५३ करोड ९७ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ । ३० लाख थान चार्जर आयात हुँदा ४२ करोड २५ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसबाट सरकारले १२ लाख ९९ हजार ४० रुपैयाँ राजस्व संकलन गरेको छ ।

    नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात भएको देखिन्छ । यस अवधिमा ९ लाख ५३ हजार २ सय १६ थान स्मार्टफोनमा झन्डै १३ अर्ब रुपैयाँ बाहिरिएको देखिन्छ । यसबाट सरकारले २ अर्ब ४२ करोडभन्दा बढी राजस्व प्राप्त गरेको छ । यस्तै, भारतबाट ५ अर्ब ६२ करोड रुपैयाँ बराबरका २ लाख ७२ हजार ६६ थान स्मार्टफोन आयात हुँदा सरकारलाई १ अर्ब ४ करोड ८२ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । मोबाइल फोनका चार्जर पनि चीन र भारतबाटै सबैभन्दा बढी संख्यामा भित्रिने गरेको विभागको तथ्यांक छ ।

    images
    images

    नेपालमा रिचार्ज कार्ड भने भारतबाट आयात भएका छन् । पछिल्लो सात महिनामा १ करोड ४ लाख ४९ हजार रुपैयाँ बराबरका १८ हजार ९ सय ३१ केजी रिचार्ज कार्ड भित्रिएका छन् । यस अवधिमा सिमकार्डको आयातमा समेत उल्लेख्य परिमाण देखिएको छ । १० लाख ७१ हजार ४ सय ८१ थान सिमकार्ड आयात भई रुपैयाँ ४ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसबाट १ करोड १६ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

    यस अवधिमा १ लाख ४६ हजार ७ सय ८२ थान मेमोरी कार्ड आयात भएका छन् । यसबाट १ करोड ६४ लाख ४४ हजार कारोबार भएको छ । मेमोरी कार्ड आयातबाट सरकारले ४० लाख ३७ हजार रुपैयाँ राजस्व प्राप्त गरेको विभागको तथ्यांक छ ।मोबाइल फोन चार्ज गर्न प्रयोग गरिने पावर बैंक (ब्याट्री प्याक) को आयात पछिल्ला सात महिनामा १ लाख ९९ हजार ३८ थान छ । यसमा ११ करोड ७४ लाख ६९ हजार रुपैयाँको कारोबार भएको छ । यसबाट पनि सरकारले ५ करोड १३ लाख ३ हजार रुपैयाँ राजस्व उठाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend