images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • आज सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक...

आज सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा

आज सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज बस्दै छ । कम्पनीले सभामा गत आर्थिक वर्ष २०८०-८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

    images
    images

    बोनस सेयर वितरण भएपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुरूप प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । यसैगरी, कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान परिवर्तन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरू अनुमोदन गर्ने लगायत प्रस्तावहरू पनि सभामा पेश हुनेछ ।

    सभा अनमोल बेंक्वेट, शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि यसले फागुन २६ गते बुक क्लोज गरिसकेको छ । फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend