काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरूबाट ९ अर्ब ८७ करोड ६३ लाख ६३ हजार रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ। नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार, बीमा कम्पनीहरूबाट बीमितहरुले ७१ हजार ५५४ वटा बीमा पोलिसी सरेण्डर गरेका छन् ।समिक्षा अवधिमा एलआइसी नेपालको सरेन्डर सर्वाधिक देखिएको छ । कम्पनीले १७ हजार ८८९ वटा पोलिसी बापत ३ अर्ब ९ करोड ९६ लाख रुपैयाँको पोलिसी सरेण्डर गरेको छ। यसले जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ३१.३८ प्रतिशत हिस्सा ओगटेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा रहेको छ। यस कम्पनीले १५ हजार ५७२ वटा बीमा पोलिसी बापत २ अर्ब ६३ करोड ७६ लाख रुपैयाँको पोलिसी सरेण्डर गरेको छ, जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको २६.७१ प्रतिशत हिस्सा हो।त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले ९२ करोड ११ लाख , एशियन लाइफले ६१ करोड १४ लाख, नेशनल लाइफले ६० करोड ६१ लाख , सूर्यज्योति लाइफले ५३ करोड २१ लाख, हिमालयन लाइफले ४२ करोड २७ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर गरेको छ।
मेट लाइफले २७ करोड ९९ लाख सिटिजन लाइफले १८ करोड ४४ लाख ,सानिमा रिलायन्स लाइफले १७ करोड ४५ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर गरेको छ।




.gif)





