images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • ईभीको विज्ञापन गर्दा 'स्मार्ट' र 'स्वचालित'...

ईभीको विज्ञापन गर्दा 'स्मार्ट' र 'स्वचालित' भन्न नपाइने

ईभीको विज्ञापन गर्दा 'स्मार्ट' र 'स्वचालित' भन्न नपाइने

images
images
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • काठमाडौँ । चीनमा अब स्मार्ट ड्राइभिङ र स्वचालित ड्राइभिङ भन्ने शब्दावलीहरू प्रयोगमा रोक लगाइने भएको छ । रोयटर्समा प्रकाशित एक समाचारका अनुसार चीनका गाडी निर्माता कम्पनीहरूले आफ्नो गाडीको विज्ञापन गर्दा उल्लिखित शब्दहरू प्रयोग गर्न नपाउने भएका हुन् । 

    images
    images

    बुधबार बसेको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय र गाडी निर्माता कम्पनीहरूबिचको बैठकमा मन्त्रालयले यो नियम अनिवार्य रूपमा लागु गरिने जानकारी दिएको हो । 

    एक महिना अगाडी साओमीको सबैभन्दा बढी बिक्री भएको एसयू सेमेन सेडान कारको ज्यान जाने दुर्घटनापछि चीन सरकारले सवारी सुरक्षासम्बन्धी चिन्तालाई ध्यानमा राख्दै नियमहरूमा कडाइ गर्ने निर्णय लिएको हो । प्रारम्भिक अनुसन्धान अनुसार, उक्त गाडी चालकले ‘एडभान्स ड्राइभिङ असिस्टेन्स सिस्टम’ (ADAS) लाई गाडीको नियन्त्रण दिएको केही सेकेन्डमै ९७ किलोमिटर प्रतिघण्टाको गतिमा सिमेन्टको पोलमा ठोक्किएर सो गाडीमा आगलागी भएको थियो ।

    images
    images

    चीनको उद्योग मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै फेब्रुअरीमा नै प्रकाशित भएको नयाँ नियमको बारेमा गाडी निर्माता कम्पनीहरूलाई स्पष्ट रूपमा जानकारी दिइएको पुष्टि गरेको छ । नयाँ नियमअनुसार, गाडी निर्माता कम्पनीहरूले ग्राहकलाई पहिले नै वितरण गरिसकेका गाडीहरूमा अनुमति बिना टाढाबाट सफ्टवेयर अपडेटमार्फत एडीएएस प्रणाली परीक्षण र सुधार गर्न पाउने छैनन् । अब, त्यस्ता प्रविधि प्रयोगमा ल्याउनु अघि पर्याप्त परीक्षण गरी विश्वसनीयता प्रमाणित गरी सरकारी स्वीकृति प्राप्त गर्नुपर्नेछ ।गाडी निर्माता कम्पनीहरूले स्मार्ट ड्राइभिङ तथा एडीएएस प्रविधिलाई सवारी बिक्रीका लागि प्रमुख आकर्षणको रूपमा देखाउने गरेका छन् । यस्तै फिचरलाई लिएर कम्पनीहरूले गाडीको मूल्य समेत निर्धारण गर्ने गरेका छन् ।

    यस्ता प्रवृत्तिलाई रोक्न चिनियाँ नियामकहरू विद्युतीय गाडीमा उपलब्ध हुने प्रविधिमा कडाइ गरिरहेका छन्, किनभने यो क्षेत्र अपेक्षाकृत छिटो वृद्धि भइरहेको छ । यसका साथै, ब्याट्री सुरक्षासम्बन्धी नियमहरूमा पनि कडाइ गरिँदैछ । नेपालमा बिक्री हुने अधिकांश विद्युतीय सवारी पनि चीनमै निर्मित हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend