images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज...

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • काठमाडौं । स्वरोजगार र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम दिन रहेको छ । लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनका लागि दुवै लघुवित्तले वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरिसकेका छन्। त्यसैले आज वैशाख १० गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र वार्षिक सभामा भाग लिन योग्य हुनेछन्।

    images
    images

    स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्नो १६ औँ वैशाख २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १४.२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश छन्।

    सभामा स्वरोजगार लघुवित्तले उपयुक्त अन्य लघुवित्त संस्थासँग सम्भावित गाभिने (मर्जर) प्रक्रियाका लागि सम्पूर्ण निर्णय तथा प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पेश गर्नेछ।स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आफ्नो आठौं वार्षिक साधारणसभा वैशाख १९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा संस्थाको केन्द्रीय कार्यालय, तिलोत्तमा, रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ। यो संस्थाले गत वर्षको मुनाफाबाट ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लाभांशमा ५ प्रतिशत बोनस सेयर र ०.२५३२ प्रतिशत नगद लाभांश समावेश छन्।

    images
    images

    सभामा बोनस शेयर वितरणपछि हुने पूँजी वृद्धिका आधारमा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ। नियमनकारी निकायका निर्देशनअनुसार आवश्यक हेरफेर गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend