images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • हिमालयन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो. प्रतिसेयर...

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो. प्रतिसेयर आम्दानी घट्यो

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो. प्रतिसेयर आम्दानी घट्यो

images
images
आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२
  • काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।सार्वजनिक विवरणअनुसार कम्पनीको नाफा ८.४९ प्रतिशत बढेको छ । चालु आवमा तेस्रो त्रैमाससम्म कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४३ करोड ५४ लाख रुपैयाँ थियो । 

    images
    images

    खुद प्रिमियम आम्दानी पहिले १२ अर्ब २ करोड रुपैयाँ रहेकोमा अहिले १२ अर्ब १८ करोड छ । नाफा बढे पनि प्रतिसेयर आम्दानी घटेको छ । कम्पनीको चुक्ता पूँजी बढेसँगै प्रतिसेयर आम्दानी घटेको हो । पहिले ८ अर्ब २ करोड रहेको चुक्ता पूँजी अहिले ९ अर्ब १४ करोड पुगेको छ ।

    वार्षिक प्रतिसेयर आम्दानी पहिले ७ रुपैयाँ २४ पैसा रहेकोमा अहिले ६ रुपैयाँ ८९ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ७ पैसा छ । गत साता बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ४१७ रुपैयाँ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend