एशियन लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि जेठ १६ गते १ दिन बुक क्लोज गर्ने भएको हो ।
बुक क्लोजको मिति तोकेसँगै जेठ १४ गतेसम्म कायम (१५ गते सार्वजनिक बिदा रहेकाले) सेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँका दरले १ लाख ४२ हजार ७९ लाख ३१२.४८ कित्ता हकप्रद सेयर १ः०.४२ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ।




.gif)



