images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • हिमालयन रिइन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज...

हिमालयन रिइन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रिइन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौं। हिमालयन रिइन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोज हुनुभन्दा अघिल्लो दिन शनिबार साथै भोलिपनि शुक्रबार परेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

    images
    images

    कम्पनीले चौथो वार्षिक साधारणसभा जेठ २५ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको कुल ४.७४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२४ प्रतिशत नगद लाभांश छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend