images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज...

नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं- नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ जेठ ३० गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ जेठ २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद सेयर भर्न योग्य हुनेछन्।नेपाल धितोपत्र बोर्डले गत जेठ ७ गते नेपाल इन्स्योरेन्सलाई हाल कायम चुक्तापुँजीको १०ः४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो। अब कम्पनीले आफ्ना सेयरधनीहरुलाई पौने ६६ करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ।

    images
    images

    कम्पनीले कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँबराबरको हकप्रद सेयर ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख ७६ हजार ९३७।७६ रुपैयाँबराबरको हकप्रद सेयर बिक्री गर्नेछ।हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार ३०० रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड ८५ लाख ७२ हजार ७६ रुपैयाँ पुग्नेछ।

    नेपाल बीमा प्राधिकरणले तोकेको निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० रुपैयाँ कायम गरेको छ। हकप्रद बिक्रीपछि नेपाल इन्स्योरेन्सको पनि न्यूनतम चुक्तापुँजी कायम हुनेछ।नेपाल इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend