images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • सेरेसको बिक्रीमा उल्लेखनीय वृद्धि, लक्जरी ईभी...

सेरेसको बिक्रीमा उल्लेखनीय वृद्धि, लक्जरी ईभी मुख्य कारक

सेरेसको बिक्रीमा उल्लेखनीय वृद्धि, लक्जरी ईभी मुख्य कारक

images
images
बुधवार, आषाढ ४ २०८२
बुधवार, आषाढ ४ २०८२
  • विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन् २०२५को अप्रिल महिनामा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल (एनईभी) बिक्री वृद्धिको उल्लेखनीय उपलब्धी हासिल गरेको छ । कम्पनीले उक्त महिना ३१ हजार ४८८ वटा एनईभी बिक्री गर्‍यो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.९९ प्रतिशतले बढी हो र यसले चुनौति पूर्ण प्रथम त्रैमासिक पश्चात्मजबुत पुनरागमनको संकेत गर्दछ।

    images
    images

    चोंगकिंगलियाङजियाङ न्यू एरियामा रहेको यो अटोमोबाइल निर्माता कम्पनीले हुवावे सँगको सहकार्य मार्फत चीनको एनईभी बजारमा बलियो उपस्थिती बनाएको छ । यसको प्रमुख मोडल एम नाइनमा अत्याधुनिक इन्टेलिजेन्ट ड्राइभिङ प्रविधि समावेश गरिएको छ र यो मोडलले पहिले बीएमडब्लु, मर्सिडीज–बेन्ज, आदि जस्ता लक्जरी इन्धन गाडीहरू चढेकाहरूलाई आकर्षित गरेको छ। एम नाइनले ५ लाख युआन (लगभग ६९ हजार ४३५ अमेरिकी डलर) मूल्यको लक्जरी भेहिकल श्रेणीमा लगातार ११ महिना सम्म  चीनको सेल्स चार्टमा अग्रस्थान कायम राखेको छ।

    सन् २०२५ को पहिलो त्रैमासिकमा बिक्रीमा आएको कमीलाई विश्लेषकहरूले नयाँमोडेलमा रूपान्तरण भइरहेको ट्रान्जिसन सँग जोडेर हेरेका थिए। मार्चमा अपडेट गरिएको M9 को सार्वजनिक वितरणर अप्रिलमा एमएटको सुरुवात सँगै उपभोक्ताको चासो पुनःजागृत भएको छ र अब फेरि बिक्री वृद्धिको सम्भावना बलियो बनेको छ।

    images
    images

    बिक्रीको तथ्यांक अनुसार, जनवरीमा बिक्री १२ हजार ४८३ युनिट थियो, जुन मार्चमा घटेर ५ हजार २३६ मा झर्‍यो। तर एम नाइन को २०२५ संस्करणको पहिलोपूर्ण वितरण महिना अप्रिलमा यो पुनःबढेर १३,१४९ युनिट पुगेको छ।

    अप्रिल १६ मा सार्वजनिक गरिएको एमएट, एमसेभेन र एमनाइनको बीचको मोडल हो र यसको  मूल्य ३ लाख ५९ हजार ८०० युआन देखि ४४९,८०० युआन सम्म तोकिएको छ। लाइडार प्रविधि र हार्मोनी ओएस ककपिट जस्ता उच्चस्तरीय सुविधा भएको योमोडेलले एमनाइन भन्दाकरिब १ लाख युआन सस्तो  मूल्यमा लक्जरी र स्मार्ट फिचरहरू प्रदान गर्दछ। सार्वजनिक भएको केही साता भित्रै यसले ७० हजार भन्दा बढी प्री–अर्डर प्राप्त गर्नुले पनि उपभोक्ताको ठूलो उत्साह झल्काउँछ।

    सेरेसको सन् २०२४ को वार्षिक प्रतिवेदन अनुसार, कम्पनीले २०२४ मा ४ लाख २६ हजार ८८५ वटा एनईभी बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १८२.८४ प्रतिशतले बढी हो । तर सन् २०२५ को पहिलो चार महिनाको ट्रेण्डलाई हेर्दा, गत वर्षको बिक्री स्तर कायम राख्नु चुनौती पूर्ण देखिन्छ।

    हाल सम्म सेरेसले M8 को विस्तृत डेलिभरी डाटा सार्वजनिक गरेको छैन, जसले गर्दा यसको वार्षिक प्रदर्शनमा कति प्रभाव पर्छ भन्ने मूल्याङ्कन गर्न कठिनछ। यद्यपि प्री–अर्डर तथ्यांकहरूले उच्च माग देखाएता पनि, वास्तविक वितरण भने उत्पादन क्षमताको सीमा, स्टक व्यवस्थापन र अर्डर रद्द हुने जस्ता कारणहरूले फरक पर्न सक्छ।

    सेरेसको अप्रिलमा भएको सेल्स रिबाउन्ड चीनको सम्पूर्ण NEV बजारले फेरि मोमेन्टम पाएको संकेत पनि हो। चाइना एसोसिएसन अफ अटो मोबाइल म्यानुफ्याक्चरर्सका अनुसार, सन् २०२५को अप्रिलमा चीनमा कुल १.२२६ मिलियन एनईभी बिक्री भएका थिए, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४.२ प्रतिशतले बढी हो। सो महिनामा चीनमा बिक्री भएका कुल २.५९मिलियन सवारी साधनहरू मध्ये ४७.३ प्रतिशत एनईभीहरू थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend