काठमाडौंः नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरूका नाममा रहेको २ लाख २३ हजार २९९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो।
उक्त शेयरहरू सर्वसाधारण, कम्पनी, संघ–संस्था लगायत इच्छुक सबैले खरिदका लागि आवेदन दिन सक्नेछन्। पहिला विद्यमान संस्थापक शेयरधनीहरू द्वारा उक्त शेयर खरिद नगरिएको हुँदा अब सर्वसाधारण लगानी कर्ताका लागि समेत बिक्री खुला गरिएको हो।
इच्छुक लगानी कर्ताहरूले असार १० गते देखि ७ कार्य दिन भित्र कति कित्ता शेयर खरिद गर्न चाहन्छन् भन्ने उल्लेख गर्दै बैंकको शेयर शाखा, लाजिम्पाट काठमाडौंमा आवेदन दिन सक्नेछन् ।




.gif)





