images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • प्रभु महालक्ष्मी लाइफको ४५ हजार बढी...

प्रभु महालक्ष्मी लाइफको ४५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको ४५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बिहिवार, श्रावण ८ २०८२
बिहिवार, श्रावण ८ २०८२
  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४५ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ४५ हजार ३४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

    images
    images

    कम्पनीले संस्थापक सेयरधनी उमेश लाल श्रेष्ठको नाममा रहेको ४४ हजार ५५० कित्ता र लजना श्रेष्ठको नाममा रहेको ८८० कित्ता सेयर बिक्रीका लागि राखेको जनाएको छ । उक्त सेयर हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको हो । 

    उक्त सेयर किन्न इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend