images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • एकै ठाउँमा ५० ब्रान्डको गाडी प्रदर्शनी...

एकै ठाउँमा ५० ब्रान्डको गाडी प्रदर्शनी हुँदै, ३५ नयाँ सवारी ‘लन्च’ हुने

एकै ठाउँमा ५० ब्रान्डको गाडी प्रदर्शनी हुँदै, ३५ नयाँ सवारी ‘लन्च’ हुने

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले पहिलोपटक आयोजना गर्न लागेको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा ३५ नयाँ सवारीसाधन सार्वजनिक गरिने भएको छ ।नाइमाले आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको एक्स्पोमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे तथा पाँचवटा व्यावसायिक सवारीसाधन लन्च गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

    images
    images

    नाइमा अटो एक्स्पो समिति प्रमुख शिरीषकुमार मुरारकाका अनुसार, यो वर्षको प्रदर्शनी स्थलमा भौतिक पूर्वाधारको उल्लेखनीय सुधार गरिएको छ । विशेषगरी जल निकासी व्यवस्थापन र अपांगमैत्री पूर्वाधार निर्माणले प्रदर्शनीलाई सबैका लागि सहज बनाउने बताए । साथै एकै ठाउँमा ५० ब्रान्डको गाडी प्रदर्शनी हुने जानकारी दिए । उनले यस पटकको एक्स्पोमा विद्युतीय सवारीसाधन, नयाँ प्रविधि र नवीनतम् मोबिलिटी समाधानहरू विशेष आकर्षणको रूपमा प्रदर्शित गरिने जानकारी दिए ।

    विशेष साझेदारी र सहकार्य
    प्रदर्शनीको प्रमुख प्रायोजकमा एभरेष्ट बैंक र नेशनल लाइफ इन्स्योरेन्स रहेका छन् । टिकटिङ पार्टनरको रूपमा ‘खल्ती बाई आईएमई’, बेभरेज पार्टनरमा ‘माउन्टेन ड्यू’, ब्रुइंङ पार्टनरमा ‘हिमालयन जाभा’ रहेको नाइमाले जनाएको छ ।राइड पार्टनरमा ‘पठाओ’, सर्वेलेन्स पार्टनरमा ‘एचआईके भिजन’, कनेक्टिभिटी पार्टनरमा ‘वर्ल्ड लिंक’, हस्पिटालिटी पार्टनरमा ‘सोल्टी होटेल’, मेडिकल पार्टनरमा ‘फ्रन्टलाइन हस्पिटल’, टेलिकम पार्टनरमा ‘एनसेल’, र म्यानेजमेन्ट पार्टनरमा ‘मिडिया स्पेस सोलुसन’ रहेका छन् ।राइड पार्टनर पठाओले एक्स्पोलाई लक्षित गर्दै भृकुटीमण्डप गन्तव्य भएका राइडमा ३० प्रतिशत छुट दिने नाइमाले जनाएको छ । मेडिकल पार्टनर फ्रन्टलाइन हस्पिटलले चौबीसै घण्टा एम्बुलेन्स सेवा, आकस्मिक तथा सामान्य स्वास्थ्य सेवा उपलब्ध गराउने छ ।

    images
    images

    अनलाइन भिडियो प्रतियोगिता
    नाइमाले प्रदर्शनीलाई प्रवर्द्धन गर्न विशेष अनलाइन प्रतियोगिता सार्वजनिक गरेको छ । प्रतियोगिताअन्तर्गत साउन २१ गतेसम्म नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने एकजना उत्कृष्ट प्रतिस्पर्धीले एक लाख पुरस्कार पाउने नाइमाले जनाएको छ । त्यस्तै, साउन २१ देखि २५ सम्म अपलोड गरिएका उत्कृष्ट १० भिडियोमध्ये प्रत्येकलाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

    ज्ञानवर्धक सत्र र प्यानल ‘डिस्कसन’
    एक्स्पोको पहिलो दिन अनिलकेशरी शाहले ‘मोबिलिटी हिजो, आज र भोलि’ विषयमा दिउँसो २ देखि ५ बजेसम्म ज्ञानवर्धक सत्र सञ्चालन गर्नेछन् । अरु दिनमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, भारतको इन्स्टीच्युट अफ रोड ट्राफिक एजुकेसनलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका विज्ञहरूको सहभागितामा प्यानल ‘डिस्कसन’हरू हुने आयोजकले जानकारी दिएको छ ।

    सामाजिक उत्तरदायित्वअन्तर्गत छात्रवृत्ति
    एक्स्पोबाट संकलित टिकट आम्दानीको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरूलाई मोबिलिटी क्षेत्रमा छात्रवृत्ति तथा फेलोसिपको रूपमा प्रदान गरिने योजना रहेको नाइमाले जनाएको छ ।कार्यक्रममा नाइमाका अध्यक्ष रितुसिंह वैद्यले एक्स्पो नेपालकै सबैभन्दा ठूलो तथा प्रभावशाली अटोमोबाइल प्रदर्शनी बन्ने विश्वास व्यक्त गरिन् । साथै, एक्स्पोको पाँचौँ दिन विभिन्न विज्ञहरूको सहभागिता रहने विशेष छलफल सत्रको जानकारी पनि दिइन् ।मुख्य प्रायोजक संस्थाहरूका प्रतिनिधिहरू एभरेष्ट बैंकका सहायक महाप्रबन्धक विष्णुप्रसाद ज्ञवाली र नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले प्रविधिमैत्री तथा दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिबद्धता जनाए ।

    टिकट किन्ने माध्यम
    ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ को टिकट ‘खल्ती बाई आईएमई’ एपमार्फत खरिद गर्न सकिनेछ । प्रदर्शनीमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहभागिता रहनेछ, जसमा नयाँ प्रविधिको अनुभव लिन र आधुनिक सवारीहरूको अवलोकन गर्न सकिनेछ । टिकटको मूल्य साधारणका लागि दुई सय तथा विद्यार्थीको लागि एक सय रुपैयाँ रहेको नाइमाले जनाएको छ । 

    पार्किङको समस्या नहुने 
    एक्स्पो आयोजकले यस वर्ष सवारी पार्किङको कुनै समस्या नहुने जनाएको छ । भृकुटीमण्डपमा हुने हरेक एक्स्पोमा पार्किङको समस्या हुने गरेको छ । नाइमाले यसपटक नेपाल पुलिस क्लबमा पार्किङको व्यवस्था गरेको जनाएको छ । उक्त भृकुटी मण्डपका साथै पुलिस क्लबमा समेत पार्किङको व्यवस्थाले कुनै समस्या नहुने अध्यक्ष वैद्यको भनाइ छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend