images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • एशियन लाइफको हकप्रद सेयरमा आवेदन दिने...

एशियन लाइफको हकप्रद सेयरमा आवेदन दिने म्याद थप

एशियन लाइफको हकप्रद सेयरमा आवेदन दिने म्याद थप

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २५ गतेदेखि निष्कासन गरिरहेको हकप्रद सेयरमा आवेदन दिने म्याद थपिएको छ।यसअघि यो हकप्रदमा आवेदन दिने अन्तिम मिति आज साउन १३ गते तोकिएकोमा पर्याप्त आवेदन नपरेपछि म्याद थपेर साउन २० गते कायम गरिएको हो।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ कित्ता बराबर ०.४२ कित्ताको अनुपातमा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ।

    images
    images

    यसमा जेठ १४ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले एशियन लाइफलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ दिएको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ।

    कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आवेदकले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, खुर्देत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफको कार्यालयबाट आवेदन दिन सक्नेछन्।त्यस्तै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सबै आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend