काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको साधारण सभा बोलाएको छ । कम्पनीले भदौ २५ गते, बुधबार, आम्रपाली ब्याङ्क्वेट, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुने भएको हो।
कम्पनीको उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्ने छ। सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव समेत पास गर्ने छ।
समूह क को शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।




.gif)





