images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • चार म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने...

चार म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

चार म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं ।  चार म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज भदौ १२ गते अन्तिम दिन रहेको छ।एनएमबि क्यापिटल सञ्चालन गरेको २ वटा र सिटिजन्स क्यापिटलले सञ्चालन गरेको २ वटा गरी चार म्युचुअल फन्डको इकाइधनीहरुले आजसम्म लाभांश सुरक्षित गर्न सक्नेछन् । यी ४ म्युचुअल फन्डको आर्थिक वर्ष २०८१/८२ को लाभांश वितरण गर्न भोलि भदौ १३ गते बुक क्लोज गरिने भएकोले आजसम्म कायम इकाइधनीहरुले यी ४ म्युचुअल फन्डको लाभांश पाउनेछन्।

    images
    images

    एनएमबि क्यापिटलले एनएमबि–५० र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को उक्त आर्थिक वर्षको मुनाफाबाट इकाइधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार इकाइधनीहरुलाई करसहित दुवै योजना १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय बैठकले गरेको छ।

    यसैगरी योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले उक्त आर्थिक वर्षको मुनाफाबाट सिटिजन्स म्युचुअल फन्ड–२ र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको घोषणा वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार इकाइधनीहरुलाई करसहित सिटिजन्स म्युचुअल फन्ड–२ मा ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फन्डमा १२.७५ प्रतिशत नगद लाभांश वितरण गरिने भएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend