images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेपाल फाइनान्सको करिब ८ लाख कित्ता...

नेपाल फाइनान्सको करिब ८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल फाइनान्सको करिब ८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको करिब ८ लाख कित्ता सेयर आज भदौ १२ गतेबाट बिक्रीमा राखिएको छ।कम्पनीको संस्थापक समूहको ७ लाख ९४ हजार ९७१.१८७ कित्ता अवितरित सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा इच्छुक व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    images
    images

    लगानीकर्ताले न्यूनतममा १ हजार कित्ता र अधिकतममा १० अंकले भाग जाने गरी बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्ने अन्तिम मिति भदौ २६ गतेसम्म रहेको छ। सेयर खरिदका लागि बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलसँगै नेपाल फाइनान्सको केन्द्रीय कार्यालय (कमलादी) तथा शाखाहरु बनेपा, माछापुच्छ्रे, लगनखेल, तिलोत्तमा र प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा पेस गर्न सकिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend