काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत नेपालकै चर्चित थकाली 'मेलुङ थकाली'सँग साझेदारी गरेको छ । साझेदारीसँगै, सक्रिय डिशहोम ग्राहकले अब मेलुङ थकालीका सबै आउटलेटमा १० प्रतिशत छुट पाउनेछन् ।मेलुङ थकालीको पाँच आउटलेट एअरपोर्ट, गठ्ठाघर, बानेश्वर, बौद्ध र बालुवाटारमा छन् । अरू थप शाखा पनि विस्तारको क्रममा छन् । थकाली ब्रान्डसँगको साझेदारीले डिशहोमका ग्राहकलाई आफ्नो मनपर्ने थकाली परिकारमा छुट पाइने व्यवस्था गरिएको छ ।
छुट लिन माई डिशहोम एप डाउनलोड गरी आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग–इन गरिएको हुनुपर्नेछ ।होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोलेर मेलुङ थकालीमा कार्ड देखाएर छुट प्राप्त गर्न सकिनेछ ।यस साझेदारीलाई औपचारिकता दिन मेलुङ थकालीका सहसंस्थापक बसन्त लामा र डिशहोमका चिफ न्यू प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिस सबिन महर्जनले हस्ताक्षर गरेका हुन् ।
“यो साझेदारीले नेपालको मनपर्ने थकाली गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ,” डिशहोमका सीईओ तारा मानन्धरले भने ।डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको कम्पनीले जनाएको छ ।




.gif)





