images

२०८३ आश्विन १ गते

images
images
images

नेपाल र माइक्रोनेसियाबिच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र माइक्रोनेसियाबिच कूटनीतिक सम्बन्ध स्थापना

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौँ  । नेपाल र माइक्रोनेसियाबिच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका लागि माइक्रोनेसियाका स्थायी प्रतिनिधि राजदूत जिम एस. लिपवेले सोमबार कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका छन् ।योसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम गरेका देशको संख्या १८५ पुगेको छ । सम्बन्ध स्थापना गर्ने क्रममा भएको द्विपक्षीय भेटवार्तामा दुवै राजदूतहरूले आपसी हितका विषयमा छलफल गर्दै द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

    images
    images

    साथै, संयुक्त राष्ट्रसंघलगायतका बहुपक्षीय मञ्चमा सहकार्य अभिवृद्धि गर्ने विषयमा समेत उहाँहरूले जोड दिएका थिए । नेपालले माइक्रोनेसियासँगको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै संयुक्त राष्ट्रसंघ तथा अन्य बहुपक्षीय मञ्चमा साझा प्राथमिकता र हितका विषयमा सहकार्य अघि बढाउने अपेक्षा गरिएको छ । ओशिनिया क्षेत्रमा अवस्थित यो एउटा टापु भएको देश माइक्रानेसिया चार वटा साना साना राज्य मिलेर बसनेको छ । यसको जनसँख्या एक लाख १५ हजार रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend