images

२०८३ आश्विन १ गते

images
images
images

एबी ग्रुपको बाढी पीडितलाई साढे ५ लाख सहयोग

एबी ग्रुपको बाढी पीडितलाई साढे ५ लाख सहयोग

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • विराटनगर । उद्योगी भीम घिमिरे र उनकी श्रीमती अजिता घिमिरे सञ्चालक रहेको एबी ग्रुप अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसले भोटेकोशी बाढी पीडितका लागि ५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।घिमिरे दम्पतीले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलमार्फत बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन्।

    images
    images

    नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवं कोशी प्रदेश समितिका संस्थापक अध्यक्षसमेत रहेका घिमिरेले बाढीबाट प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग गरेको बताए । ‘विपत्तिमा परेका परिवारलाई केही राहत होस् भनेर आफ्नो तर्फबाट सक्दो सहयोग गरेका हौँ,’ उनले भने।भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट ठुलो जनधनको क्षति भएपछि विभिन्न सङ्घसंस्था, उद्योगी व्यवसायी तथा निजी क्षेत्रले राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्दै आएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend