images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • भदौ २५ देखि सागर डिष्टिलरीले...

भदौ २५ देखि सागर डिष्टिलरीले आईपीओ निष्कासन गर्ने

भदौ २५ देखि सागर डिष्टिलरीले आईपीओ निष्कासन गर्ने

images
images
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आगामी भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता शेयर जारी गर्दै ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ ।

    images
    images

    यस आईपीओमा सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कम्पनीका कर्मचारीका लागि ४३ हजार ५६० कित्ता शेयर छुट्याइएको छ । बाँकी शेयर सर्वसाधारणका लागि खुला हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालयमार्फत तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत गर्न सकिनेछ ।

    मुक्तिनाथ क्यापिटल लिमिटेडले यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लिएको छ । आईपीओ निष्कासन छिट्टोमा भदौ २९ गते र ढिलोमा असोज ३ गते बन्द हुने जनाएको छ ।यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend