images

२०८३ आश्विन २ गते

images
images
images
  • कर्पोरेट
  • प्रभु बैंक र ल्यान्डमार्क होटेल तथा...

प्रभु बैंक र ल्यान्डमार्क होटेल तथा रिसोर्टबीच छुट सम्झौता

प्रभु बैंक र ल्यान्डमार्क होटेल तथा रिसोर्टबीच छुट सम्झौता

images
images
बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • काठमाडौं ।  दरबार मार्गस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । भदौ १८ गते प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टका तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा बिक्री तथा कर्पोरेट निर्देशक अमृत ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरेका हुन् । 

    images
    images

    यस सम्झौतासँगै ल्यान्डमार्क होटेल तथा रिसोटअन्र्तगत चितवन, पोखरा, काठमाडौं, तनहु र भैरहवा लगायत शाखामा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिँदा छुट पाउनेछन् । बैंकका ग्राहक तथा कर्मचारीहरुले होटेल तथा रिसोर्टको सेवा तथा सुविधा प्राप्त गर्नका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतिय प्रणालीद्धारा विल भुक्तानी गर्नुपर्नेछ । ल्यान्डमार्क होटेल तथा रिसोर्टको उल्लेखित शाखामार्फत उपलब्ध आवासतर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१२ शाखा कार्यालयहरु, २५६ एटीएम साथै ४८ एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ । प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।  साथै नेपाल बेस्ट डिजिटल बैंक फर एसएमइ अवार्ड  अन्तर्राष्ट्रिय युरोमनी एक्सिलेन्स अवार्ड २०२५” को अन्तर्राष्ट्रिय बाट पनि सम्मानित भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend