images

२०८३ आश्विन २ गते

images
images
images
  • कर्पोरेट
  • व्यवसायको सुरक्षाका लागि सरकारसँग नेपाल उद्योग...

व्यवसायको सुरक्षाका लागि सरकारसँग नेपाल उद्योग वाणिज्य महासंघको आग्रह

व्यवसायको सुरक्षाका लागि सरकारसँग नेपाल उद्योग वाणिज्य महासंघको आग्रह

images
images
शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • काठमाडौँ । भदौ २७, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले पछिल्ला आन्दोलनका क्रममा निजी क्षेत्रले ठूलो मात्रामा क्षति व्यहोर्नुपरेको भन्दै व्यवसाय सञ्चालनमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारसँग जोडदार आग्रह गरेको छ।

    images
    images

    महासंघले आन्दोलनका कारण उद्योग, प्रतिष्ठान, कार्यालय तथा व्यवसायीका निवासमा तोडफोड र आगजनीका घटनाले अर्बौंको क्षति पुर्‍याएको बताउँदै तत्काल व्यवसाय सञ्चालनमा सहजीकरण नगरे गम्भीर आर्थिक असर पर्ने चेतावनी दिएको हो। यसले देशको राजश्व र कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा समेत नकारात्मक प्रभाव पार्ने महासंघको भनाइ छ।

    बुधबार बसेको कार्यकारिणी समितिको बैठकपछि महासंघले विज्ञप्ति जारी गर्दै निषेधाज्ञा वा कर्फ्यूको अवस्थामा पनि अत्यावश्यकीय सेवा, औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थ लगायत वस्तुहरूको ढुवानी र पेशाकर्मीको आवतजावतमा सहजीकरण गर्न आग्रह गरेको छ। त्यसका लागि केन्द्र, प्रदेश र जिल्ला स्तरमा रहेका सुरक्षा समितिमा महासंघ तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने महासंघको धारणा छ।

    images
    images

    अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहे पनि धेरै भन्सार नाका बन्द भएकाले अत्यावश्यक वस्तुहरूको आयात–निर्यात सहज बनाउन सुरक्षा व्यवस्थासहित भन्सार नाका सञ्चालन गर्न पनि महासंघले सरकारसँग माग गरेको छ।

    महासंघले देशभरका उद्यमी व्यवसायीहरूलाई गुणस्तरीय वस्तुको आपूर्ति सुनिश्चित गरेर बजारमा अभाव नहुने वातावरण बनाउन आग्रह गरेको छ। साथै, सुशासन, भ्रष्टाचार नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रता र मर्यादित रोजगारीप्रति युवा पुस्ताले देखाएको चासोलाई सम्मान गर्दै मुलुक समुन्नतिको दिशामा अघि बढ्न सबैलाई विवेकपूर्ण कदम चाल्न आग्रह गरिएको छ।

    महासंघका अनुसार नेपाली अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत, कुल राजश्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत रहेको छ। स्थायित्व, लगानी प्रवर्द्धन र मर्यादित रोजगारीको वातावरण निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय अपरिहार्य रहेको महासंघको निष्कर्ष छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend