images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • बेनी–दरवाङ सडक दुई दिनपछि सञ्चालनमा, पहिरोले...

बेनी–दरवाङ सडक दुई दिनपछि सञ्चालनमा, पहिरोले अवरुद्ध पारेको सडक खुल्यो

बेनी–दरवाङ सडक दुई दिनपछि सञ्चालनमा, पहिरोले अवरुद्ध पारेको सडक खुल्यो

images
images
शनिवार, आश्विन ४ २०८२
शनिवार, आश्विन ४ २०८२
  • काठमाडौँ । म्याग्दी,दुई दिनअघि पहिरोले अवरुद्ध बनाएको बेनी–दरवाङ सडक पुनः सञ्चालनमा आएको छ। म्याग्दीको मङ्गला गाउँपालिका–२, लाम्पाटामा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो।

    images
    images

    पूर्वाधार विकास कार्यालयका प्रमुख बिष्णु पौडेलका अनुसार डोजर प्रयोग गरेर पहिरो हटाइएको हो। लगातारको प्रयास पछि  सडक सुचारु भएको छ,पौडेलले जानकारी दिए।

    म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिका तथा बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक पश्चिम म्याग्दी क्षेत्रको ‘लाइफलाइन’ मानिन्छ।

    images
    images

    सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई दैनिक आवतजावत, खाद्यान्न र अन्य सामग्री ढुवानीमा कठिनाइ भएको थियो। साथै, सडक बन्द हुँदा निर्माणाधीन जलविद्युत् आयोजना, प्रसारण लाइन, सबस्टेशन, सडक र भवनजस्ता विकास परियोजनामा समेत असर परेको थियो।

    बारम्बार पहिरोका कारण अवरुद्ध हुने यो सडकको दीर्घकालीन समाधान खोजिनुपर्ने स्थानीयको माग छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend