images

२०८३ आश्विन १ गते

images
images
images

मेची राजमार्ग दुई दिन ठप्प, असोज ६ र ७ गते राजदुवाली खण्ड पूर्ण बन्द

मेची राजमार्ग दुई दिन ठप्प, असोज ६ र ७ गते राजदुवाली खण्ड पूर्ण बन्द

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • इलाम। इलाम सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मेची राजमार्गको राजदुवाली खण्ड असोज ६ र ७ गते दुई दिन पूर्ण रूपमा बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय इलामले सूचना जारी गर्दै यसअघि असोज ३ र ४ गते सडक बन्द गर्ने निर्णय भएकोमा त्यसलाई संशोधन गरी नयाँ मिति तय गरिएको जनाएको हो।सडक डिभिजन इलामको अनुरोधमा यसअघि असोज ३ र ४ गते सडक बन्द गरी निर्माण कार्य गर्ने सूचना प्रकाशित गरिएको थियो। तर सो मितिमा लोक सेवा आयोगको परीक्षा परेको र सम्बन्धित सरोकारवालाको अनुरोध आएपछि सडक बन्द हुने मिति संशोधन गरी असोज ६ र ७ गते कायम गरिएको हो।

    images
    images

    राजदुवाली खण्डमा पहिरो नियन्त्रणको कार्य निर्माणाधीन अवस्थामा छ। उक्त सडक खण्डमा ड्रेनेज वेल तथा कलभर्ट निर्माण गर्ने क्रममा मेसिनरी उपकरणहरू प्रयोग गर्दा हुन सक्ने दुर्घटना न्यूनीकरण गर्न र निर्बाध रूपमा काम अघि बढाउन सडक बन्द गर्न लागिएको हो।सडक बन्द रहने अवधिमा ठुला सार्वजनिक सवारी साधनहरूलाई मेची करिडोर र साना सवारी साधनहरूलाई सिमलगोलाइ-तिल्केनी सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय इलामले अनुरोध गरेको छ।

    811102702_1558295535512200_6530164814515171013_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend