images

२०८३ आश्विन २ गते

images
images
images

पहिरोले २४ घण्टादेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक

पहिरोले २४ घण्टादेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक

images
images
शनिवार, आश्विन ४ २०८२
शनिवार, आश्विन ४ २०८२
  • चितवन । भदौ ४, निरन्तरको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड तुइनखोला पुल नजिक २४ घण्टादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

    images
    images

    शुक्रबार साँझ करिब ६ः३० बजेदेखि लगातार ढुंगा खस्न थालेपछि सडक डिभिजन कार्यालय, भरतपुरले मर्मत कार्य अघि बढाउन सकेको छैन। पहिरोको जोखिम उच्च रहेकोले सुरक्षाको दृष्टिले पहिरो पन्छाउने कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।

    सडक डिभिजनका अनुसार, मुग्लिनतर्फबाट ३ वटा लोडर तयारी अवस्थामा रहेपनि निरन्तर ढुंगा खस्ने क्रम नरोकिएकोले तिनलाई प्रयोगमा ल्याउन सकिएको छैन। यद्यपि नारायणगढतर्फबाट १ लोडर र १ एक्साभेटर परिचालन गरि निरन्तर पहिरो हटाउने प्रयास भइरहेको छ।

    images
    images

    डिभिजन कार्यालयले थप पहिरो खस्ने क्रम रोकिएपछि सबै उपकरण प्रयोग गरेर यथाशक्य चाँडो सडक खुलाउने तयारी भइरहेको जानकारी दिएको छ। हालको अवस्थामा सडक पूर्ण रूपमा अवरुद्ध भएकाले यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend