images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद सेयरमा आवेदन...

नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद सेयरमा आवेदन दिने समय थप

नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद सेयरमा आवेदन दिने समय थप

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद सेयरमा आवेदन दिने समय थप भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म आफ्ना सेयरधनीहरुलाई १ः०.३४७८ अनुपातमा अर्थात चुक्तापुँजी ३४.७८ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। त्यतिबेला खरिद नभएको १ लाख ९७ हजार ४२.७६ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री ल्याएको हो । जसमा सर्वसाधारण समूहको १ लाख ९२ हजार ५७४ कित्ता र संस्थापक समूहको ४ हजार ४६८.७६ कित्ता रहेको छ।

    images
    images

    सो सेयर खरिदका लागि अब असोज ८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। यो सेयरमा इच्छुक व्यक्ति, संस्था तथा कम्पनीले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा संस्थापक समूहतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

    बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलका लाजिम्पाट, पोखरा, बुटवल, वीरगन्ज र विराटनगर कार्यालयमा पेस गर्न सकिनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend