images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • सङ्खुवासभामा...

सङ्खुवासभामा निःशुल्क यातायात सेवा

सङ्खुवासभामा निःशुल्क यातायात सेवा

images
images
शुक्रवार, आश्विन १७ २०८२
शुक्रवार, आश्विन १७ २०८२
  • काठमाडौँ ।  असोज १७, किमाथाङ्का, सङ्खुवासभा,दसैं तिहारको अवसर पारेर सङ्खुवासभाका युवाहरूले विशेष सामाजिक पहल सुरु गरेका छन्। ‘दसैं तिहार चेलीलाई उपहार अभियान’ अन्तर्गत माइत र मावली आवतजावतमा सहज बनाउने उद्देश्यले उनीहरूले निःशुल्क यातायात सेवा सञ्चालनमा ल्याएका छन्।

    images
    images

    यस अभियानको संयोजक मेघराज तोलाङ्गीका अनुसार असोज १५ गतेदेखि सुरु भएको सेवा दशैंको पूर्णिमासम्म उपलब्ध हुनेछ। सेवा अन्तर्गत गाउँघरमा सवारी साधनको पहुँच कम भएका र आर्थिक अवस्था कमजोर भएका छोरीचेलीलाई लक्षित गर्दै यातायातको व्यवस्था गरिएको हो।

    अहिलेसम्म दुई दर्जनभन्दा बढी छोरीचेलीलाई दुईवटा चारपाङ्ग्रे सवारी साधन र छ वटा मोटरसाइकलको सहयोगमा सुरक्षित रूपमा गन्तव्य सम्म पुर्‍याइएको संयोजक तोलाङ्गीले जानकारी दिए। उनका अनुसार आज पनि बिहानै देखि युवाहरू सक्रिय रूपमा सेवा दिइरहेका छन्।

    images
    images

    विशेषगरी दुर्गम बस्तीका दिदीबहिनीलाई माइती जान पाउने अवसर दिनु हाम्रो उद्देश्य हो संयोजक तोलाङ्गीले भने, यसले समुदायमा सामाजिक उत्तरदायित्व र निःस्वार्थ सेवाको भावना फैलाएको छ।

    स्थानीय दाताहरूले पेट्रोल, खाद्यान्न र अन्य सहयोगमार्फत अभियानमा साथ दिइरहेका छन्। अभियानले स्थानीयबासीको मन जित्न सफल भएको छ भने यस वर्ष अझ बढी चेलीलाई सुरक्षित र सहज यात्रा गराउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend