images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • बाढी–पहिरोले मेची राजमार्ग र तमोर कोरिडोर...

बाढी–पहिरोले मेची राजमार्ग र तमोर कोरिडोर अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग

बाढी–पहिरोले मेची राजमार्ग र तमोर कोरिडोर अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग

images
images
मंगलवार, आश्विन २१ २०८२
मंगलवार, आश्विन २१ २०८२
  • तेह्रथुम, असोज २१, अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्वी नेपालका दुई मुख्य सडक मेची राजमार्ग र तमोर कोरिडोर का दर्जनभन्दा बढी स्थानमा अवरुद्ध भएपछि यात्रुहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्।

    images
    images

    ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रका यात्रुले झापा, मोरङ, सुनसरी तथा काठमाडौँ झर्ने क्रममा अहिले फिदिम,म्याङ्लुङ,धनकुटा–धरान हुँदै यात्रा गरिरहेका छन्। सडक अवरुद्ध भएपछि उनीहरू लामो दूरीको यात्राका लागि महँगो भाडा तिरेर वैकल्पिक मार्ग रोज्न बाध्य भएका हुन्।

    पाँचथरको फिदिम देखि मध्यपहाडी लोकमार्ग हुँदै तेह्रथुमको म्याङ्लुङ पुग्दा सामान्यतः मेची राजमार्ग हुँदै झापाको बिर्तामोड पुगिन्थ्यो। यस्तै, तमोर कोरिडोर प्रयोग गर्नेहरू धरान झर्थे। तर, ती मार्गहरू विभिन्न स्थानमा पहिरोले अवरुद्ध भएपछि यात्रुहरूलाई वैकल्पिक बाटो उपयोग गर्नुपर्ने अवस्था आएको हो।

    images
    images

    सोमबार म्याङ्लुङ बसपार्कमा भेटिएकी काठमाडौँकी कमला पाठकले पनि वैकल्पिक मार्ग प्रयोग गरी म्याङ्लुङ आइपुगेको जानकारी दिइन्। उनले बसन्तपुर,हिले,धनकुटा हुँदै धरान झरेर काठमाडौँ फर्कने बताइन्। पाँचथर याङवरकका राजकुमार सेलिङ पनि बिर्तामोड जान त्यही मार्ग प्रयोग गर्दै थिए।

    पाथीभरा देवीको दर्शन गरेर फर्किने भक्तजन, उपचारका लागि तराई झर्ने सेवाग्राही तथा विशेष कामले राजधानी फर्किन चाहनेका लागि वैकल्पिक मार्ग केही हदसम्म सहज भएको छ।

    तेह्रथुम यातायात प्रालिका इञ्चार्ज मङ्गल बेघाका अनुसार ताप्लेजुङ र फिदिमबाट झापा, मोरङ, सुनसरी जान चाहने सवारीसाधन अहिले म्याङ्लुङ भएर गइरहेका छन्। जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार सोमबार मात्रै उक्त मार्ग हुँदै २०० भन्दा बढी सवारीसाधन आवतजावत गरेका छन्।

    तेह्रथुमको आठराई गाउँपालिका माझीटारदेखि लालिगुँरास नगरपालिकाको चित्रेसम्मको १२० किलोमिटर सडकमध्ये २४ किलोमिटरबाहेक सबै पक्की छ। फेदाप गाउँपालिका–२ ओयाक्जुङदेखि इसिबुसम्मको १४ किलोमिटर र खोरङ्वा,यावरा खण्डको १० किलोमिटर सडक कच्ची रहेका छन्। यात्रु चाप बढ्ने सम्भावना देखेर फेदाप गाउँपालिकाले आइतबार कच्ची सडकको मर्मत समेत गरेको छ।

    प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार म्याङ्लुङ हुँदै धनकुटा,धरान जाने मार्ग अहिलेको अवस्थामा सुरक्षित छ र यातायात सञ्चालनमा कुनै समस्या छैन।

    सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार मेची राजमार्गको इलाम र माइखोला लगायतका स्थानमा पहिरोका कारण सडक अवरुद्ध छ। उता, प्रदेश राजधानी विराटनगर जोड्ने तमोर कोरिडोर पनि पहिरोका कारण धेरै स्थानमा क्षतिग्रस्त बनेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend