images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • स्टक ब्रोकर एशोसिएशन अफ नेपालको माग,...

स्टक ब्रोकर एशोसिएशन अफ नेपालको माग, पुँजी बजार सुधार कार्यान्वयनमा जोड

स्टक ब्रोकर एशोसिएशन अफ नेपालको माग, पुँजी बजार सुधार कार्यान्वयनमा जोड

images
images
बुधवार, आश्विन २२ २०८२
बुधवार, आश्विन २२ २०८२
  • काठमाडौँ । असोज २२, स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनको स्वागत गर्दै त्यसलाई तत्काल कार्यान्वयनमा ल्याउन जोडदार माग गरेको छ।

    images
    images

    अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा गठित कार्यदलले हालै आफ्नो प्रतिवेदन बुझाएपछि एसबानले प्रतिवेदनमा समावेश सुझावहरूलाई तत्काल लागू गर्न सम्बन्धित निकायसँग आग्रह गरेको हो। कार्यदलको संयोजकत्व धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीले गरेका थिए।

    प्रतिवेदन बुझाए सँगै अर्थमन्त्री खनालले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगायत सम्बन्धित निकायहरूलाई सुधारका सुझावहरू कार्यान्वयन गर्न निर्देशन दिइसकेका छन्।

    images
    images

    एसबानका अध्यक्ष सागर ढकालले भने, “सुझाव कार्यदलले सेयर धितो कर्जाको लिमिट हटाउने, सेयर खरिद बिक्रीमा बैंक तथा वित्तीय संस्था माथि लगाइएको बन्देज हटाउने, नयाँ वित्तीय औजार भित्र्याउने, नेप्सेको पुनःसंरचना गर्दै निजीकरण गर्ने लगायत दर्जनौं सुझावहरू दिएको छ, जुन एकदमै स्वागतयोग्य छ।”

    उनले थपे, “हामी आग्रह गर्छौं कि राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से लगायत सरोकारवाला निकायहरूले तत्काल ती सुझावहरू कार्यान्वयनमा लैजान। यसले पुँजी बजारको दीर्घकालीन विकासमा टेवा पुर्‍याउनेछ।”

    ढकालले विगतमा विभिन्न क्षेत्रको सुधारका लागि बनेका कार्यदलहरूका सुझाव कार्यान्वयनमा नआएको गुनासो गर्दै यसपटक भने ढिलासुस्ती नगरिनु पर्नेमा जोड दिए। उनले भने, “अर्थमन्त्री खनालले देखाउनु भएको अग्रसरता पुँजी बजार सुधारका लागि कोशेढुंगा सावित हुनेछ। अब द्रुत गतिमा कार्यान्वयन भएमा नेपालको पुँजी बजारको भविष्य उज्ज्वल हुनेमा हामी विश्वस्त छौं।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend