images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • दुईबिस कम्पनी कालोसूचीमा, सार्वजनिक खरिद प्रक्रियामा...

दुईबिस कम्पनी कालोसूचीमा, सार्वजनिक खरिद प्रक्रियामा सहभागिता निषेध

दुईबिस कम्पनी कालोसूचीमा, सार्वजनिक खरिद प्रक्रियामा सहभागिता निषेध

images
images
बिहिवार, आश्विन ३० २०८२
बिहिवार, आश्विन ३० २०८२
  • काठमाडौँ । असोज ३०, प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद प्रक्रिया भंग गरेको भन्दै २१ कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले असोज ३० गते सूचना जारी गर्दै ती कम्पनीहरूलाई तोकिएको अवधि भर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन नपाउने जानकारी दिएको हो।

    images
    images

    कार्यालयका अनुसार सार्वजनिक निकायहरू सँगको सम्झौता अनुसार कार्य नगरेका, असन्तोषजनक सेवा वा सामग्री आपूर्ति गरेका, तथा शर्त विपरीत कार्यसम्पादन गरेका कम्पनीहरूलाई अनुशासनात्मक कारबाही स्वरूप कालोसूचीमा राखिएको हो।

    सूचनामा उल्लेख भए अनुसार तीमध्ये ३ कम्पनी दुई वर्षका लागि र बाँकी १९ कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका छन्।

    images
    images

    सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायहरूबाट प्राप्त सिफारिसका आधारमा यी कम्पनीहरूलाई कारबाही गरेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend