images

२०८३ आश्विन २ गते

images
images
images

डिशहोम र द ट्राङक्विलिटी स्पाबिच सहकार्य

डिशहोम र द ट्राङक्विलिटी स्पाबिच सहकार्य

images
images
शुक्रवार, कार्तिक २१ २०८२
शुक्रवार, कार्तिक २१ २०८२
  •  काठमाडौं , कात्तिक २१ गते ।  डिशहोमले नेपालभरका ग्राहकका लागि वेलनेस तथा स्वास्थ्य सेवामा विशेष छुट दिने उद्देश्यसहित द ट्राङक्विलिटी स्पासँग रणनीतिक सहकार्य गरेको छ । भर्चुअल प्रिभिलेज कार्डमार्फत सुरु गरिएको यो सहकार्य कार्यक्रम अन्तर्गत डिशहोमका सक्रिय ग्राहकहरूले देशभरका ट्राङक्विलिटी स्पा शाखामा विशेष छुट सुविधा पाउने भएका छन् ।सम्झौताअनुसार डिशहोम ग्राहकले सबै स्पा र सलोन सेवामा २५ प्रतिशत, सबै सलोन सेवामा २० प्रतिशत तथा ट्राङक्विलिटी इन्टरनेसनल ब्युटी एन्ड स्पा एकेडेमीमा हुने तालिम कार्यक्रममा ३० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    images
    images

    “ट्राङक्विलिटी स्पा लक्जरी वातावरण, अनुभवी थेरापिस्ट र विश्वस्तरीय उपचारका कारण नेपालमा वेलनेस तथा रिल्याक्सेसनको विश्वसनीय नाम बनेको छ । देशका प्रमुख सहर र पर्यटनस्थलहरूमा शाखा विस्तार गरिसकेको यस स्पाले डिशहोमका ग्राहकहरूलाई मनोरञ्जन र स्वास्थ्यका सेवाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराउने लक्ष्य राखेको छ,” डिशहोमले पठाएको विज्ञप्तिमा उल्लेख छ ।

    यस साझेदारीका क्रममा ट्राङक्विलिटी स्पा एन्ड सर्भिसका प्रमुख सञ्चालन अधिकृत रणिल फाइजो र डिशहोमका चिफ अफ न्यु प्रडक्ट डेभलपमेन्ट अफिसर सबिन महर्जनबिच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।“यो सहकार्यले हाम्रा ग्राहकलाई थप मूल्य र सन्तोषजनक अनुभव दिनेछ,” डिशहोमका सीईओ तारा मानन्धरले भने ।डिशहोमले आफ्ना ग्राहकहरूको जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ भर्चुअल प्रिभिलेज कार्डमार्फत भोजन, यात्रा, मनोरञ्जन, आतिथ्य, खुद्रा व्यापार तथा वेलनेस क्षेत्रका विभिन्न ब्रान्डसँग सहकार्य गर्दै आएको छ । कम्पनीले आगामी महिनाहरूमा थप साझेदारी विस्तार गर्दै ग्राहकका लागि नयाँ र रोमाञ्चक विशेषाधिकारहरू ल्याउने जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend