images

२०८३ आश्विन २ गते

images
images
images
  • कर्पोरेट
  • नेपाल उद्योग वाणिज्य महासंघद्वारा राष्ट्रिय आर्थिक...

नेपाल उद्योग वाणिज्य महासंघद्वारा राष्ट्रिय आर्थिक बहस शनिबार

नेपाल उद्योग वाणिज्य महासंघद्वारा राष्ट्रिय आर्थिक बहस शनिबार

images
images
शुक्रवार, कार्तिक २१ २०८२
शुक्रवार, कार्तिक २१ २०८२
  • काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले आगामी शनिबार राजधानी काठमाडौँमा ‘राष्ट्रिय बृहत् आर्थिक बहस’ कार्यक्रम आयोजना गर्ने भएको छ।

    images
    images

    महासंघका अनुसार कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। सो अवसरमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, र उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा पनि उपस्थित रहनेछन्।

    त्यसैगरी, कार्यक्रममा मुख्यसचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिवहरू, नेपालस्थित विभिन्न देशका राजदूतहरू, विकास साझेदार र नियोगका प्रमुखरप्रतिनिधि, साथै निजी क्षेत्रका संस्थाका प्रमुख तथा पदाधिकारीहरू पनि सहभागी हुने जनाइएको छ।

    images
    images

    महासंघका अनुसार, जेनजी आन्दोलनपछि देशको समग्र आर्थिक अवस्था र आगामी कार्यदिशाबारे साझा धारणा बनाउन तथा नीति सुझावका लागि यो बहस आयोजना गरिएको हो।

    नेपाल उद्योग वाणिज्य महासंघले यसअघि पनि २०८० सालमा ‘राष्ट्रिय बृहत् आर्थिक बहस’ पहिलो शृङ्खला आयोजना गरेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend