images

२०८३ आश्विन २ गते

images
images
images
  • कर्पोरेट
  • घरजग्गा कारोबार गर्न चाहने संस्थालाई आवेदन...

घरजग्गा कारोबार गर्न चाहने संस्थालाई आवेदन दिने म्याद थप

घरजग्गा कारोबार गर्न चाहने संस्थालाई आवेदन दिने म्याद थप

images
images
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • काठमाडौँ । मंसिर १५, भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर–जग्गा सम्बन्धी कारोबारका लागि इजाजतपत्र लिन इच्छुक फर्म, कम्पनी तथा संस्थाबाट आवेदन बुझाउने म्याद थप गरेको छ। विभागले मंसिर २७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गर्दै शुक्रबार देखि म्याद थप गरिएको जनाइएको छ।

    images
    images

    यसअघि विभागले गत असोज १३ गते सूचना जारी गर्दै घरजग्गा कारोबार गर्न चाहने संस्थाहरूसँग सार्वजनिक रूपमा आवेदन आह्वान गरेको थियो। मालपोत ऐन, २०३४ अनुसार सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर निजी क्षेत्रलाई घर–जग्गा कारोबारमा सहभागी हुने प्रबन्ध गरेको हो। पहिलो चरणमा ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकालाई कार्यक्षेत्रका रूपमा निर्धारण गरिएको विभागले जनाएको छ।

    एक पटकमा रु ३ करोडभन्दा बढी मूल्यको कारोबार गर्न इच्छुक फर्म वा कम्पनीले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। घरजग्गा कारोबारलाई पारदर्शी, मर्यादित र वैज्ञानिक बनाउने उद्देश्य सहित सरकारले इजाजतपत्र प्रणाली लागू गरेको हो।

    images
    images

    विभागका अनुसार यसअघि प्रकाशित सूचना अनुसार न्यून सङ्ख्यामा आवेदन परेकाले म्याद थपिएको हो।

    यसबाहेक, गत कात्तिक महिनामा घरजग्गा कारोबारबाट मात्रै कुल रु २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ राजस्व सङ्कलन भएको विभागले जनाएको छ। यसमध्ये सेवा करमार्फत रु २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिष्ट्रेशन शुल्कमार्फत रु १ अर्ब ५० करोड ६२ लाख ९६ हजार १४, र पूँजीगत लाभकरमार्फत रु ९९ करोड ७८ लाख ४४ हजार ३९२ सङ्कलन भएको बताइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend