images

२०८३ आश्विन २ गते

images
images
images

कान्ति राजमार्ग ६० दिनका लागि दिउँसो बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

कान्ति राजमार्ग ६० दिनका लागि दिउँसो बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

images
images
शनिवार, मंसिर २० २०८२
शनिवार, मंसिर २० २०८२
  • काठमाडौँ, २० मंसिर । कान्ति राजमार्ग (कान्ति लोकपथ) मा आगामी ६० दिनसम्म दिउँसो सवारी आवागमन रोक्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार सडक स्तरोन्नति तथा विस्तार–कटिङका काम तीव्र गतिमा भइरहेको भएकाले सो अवधि दैनिक ६ घण्टा सडक पूर्ण रूपमा बन्द गरिने भएको हो।

    images
    images

    एकान्तकुनाको कार्यक्षेत्र अन्तर्गत पर्ने सडक खण्डमा आज देखि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सवारी साधन चलाउन नपाइने छ। निर्माण कार्य सहज रूपमा अघि बढाउनका लागि यो अवधीमा कुनै पनि प्रकारका सवारी साधनलाई प्रवेश निषेध गरिने प्रशासनले जनाएको छ।

    यात्रीहरू तथा सवारी चालकहरूलाई तोकिएको समय बाहेकका घण्टामा मात्र यात्रा गर्न तथा आवश्यक परे अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend