१० पुस, काठमाडौं । गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट अहिलेसम्म १० जीवन बीमा कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।लाभांश घोषणा गरेका जीवन बीमा कम्पनी अधिकांशले नगदलाई प्राथमिकता दिएका छन् । ६ जीवन बीमा कम्पनीले नगद लाभांश मात्रै घोषणा गरेका छन् भने ४ ले न्यून दरमा बोनस सेयर र उच्च दरको नगद लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गरेकामध्ये दुई कम्पनी नेपाल लाइफ र सिटिजनको बुक क्लोज सम्पन्न भइसकेको छ । बुक क्लोज भइसकेका कम्पनीको सेयर अब खरिद गर्दा लाभांश पाइँदैन ।त्यस्तै दुई कम्पनी आईएमई र सानिमा रिलायन्सको सेयरमा शुक्रबार बुक क्लोज हुँदैछ । तसर्थ ती कम्पनीको सेयरमा पनि लाभांश समय घर्किसकेको छ । बुक क्लोजभन्दा अघिल्लो दिनसम्म सेयर खरिद गर्दा वा होल्ड गर्दा लगानीकर्ताले लाभांश पाउनेछन् भने साधारणसभामा पनि भाग लिएर आफ्नो अधिकार उपयोग गर्न सक्छन् ।
तर बुक क्लोजपछि खरिद भएको सेयरमा यो वर्षलाई दुवै अधिकार रहँदैन । बाँकी अरु कम्पनीको सेयर खरिद गर्दा अझै लाभांशको मौका रहेको छ । यसपटक जीवन बीमा कम्पनीहरूले उत्साहपूर्ण लाभांश घोषणा गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनले सबैभन्दा धेरै २१ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
जीवन बीमा कम्पनीहरूले घोषणा गरेको लाभांश
| कम्पनी | सेयर बोनस | नगद लाभांश | बुक क्लोज |
| नेपाल लाइफ | ५ | १६.०५ | सम्पन्न |
| आईएमई लाइफ | ० | १०.५२६३ | पुस ११ |
| सानिमा रिलायन्स | ० | १०.१७८ | पुस ११ |
| प्रभु महालक्ष्मी | ४ | ४.४२१ | पुस २१ |
| सन नेपाल | ५ | १५.२६३ | पुस १४ |
| नेसनल लाइफ | ४ | ८.५ | पुस १७ |
| लाइफ इन्स्योरेन्स कर्पोरेसन | ० | २१.०५ | पुस १७ |
| रिलायबल नेपाल | ० | १२ | पुस २१ |
| सूर्यज्योति लाइफ | ० | १३ | पुस १८ |
| सिटिजन लाइफ | ० | २० | सम्पन्न |




.gif)





