images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • आज यी आठ कम्पनीको लाभांश सुरक्षित...

आज यी आठ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज यी आठ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • काठमाडौं। आज पुस १६ गते विभिन्न आठ वटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ विभिन्न आठ कम्पनीहरूले भोलि पुस १७ गते बुक क्लोज गर्दैछन्।आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल०, ग्रिन डेभलपमेन्ट बैंक, महुली लघुवित्त वित्तीय संस्था, चिलिमे हाइड्रोपावर कम्पनी, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपाल र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।

    images
    images

    जसमा इमर्जिङ नेपाल लिमिटेडको ५.२६३१५ प्रतिशत नगद लाभांश, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ६.५ प्रतिशत नगद लाभांश, चिलिमे हाइड्रोपावरको ८ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश र महुली लघुवित्तको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश रहेको छ।त्यसैगरी ग्रीन डेभलपमेन्ट बैंकको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१ प्रतिशत नगद लाभांश, एलआईसी नेपालको २१.०५ प्रतिशत नगद लाभांश, निर्धन उत्थान लघुवित्तको ७ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर रहेको छ। यस्तै अप्पर हेवाखोला हाइड्रोपावरको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश रहेको छ । आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यी कम्पनीहरूको सेयर खरीद गर्ने सेयरधनीहरूले सम्बन्धित कम्पनीले प्रस्ताव गरे बमोजिमको लाभांश प्राप्त गर्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend