काठमाडौं । सिटिजन्स बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले ३ लाख ८२ हजार ७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। उक्त शेयरमा खरीदमा लागी बैंकका संस्थापक शेयरधनीहरुले मात्रै निवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको १८ हजार ८४४.७२ कित्ताको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ । बाँकी रहेको शेयरको १०० रुपैयाँ निर्धारण गरिएको छ।
इच्छुक संस्थापक शेयरधनी ३५ दिनभित्र शेयर खरिदका लागि काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्न सक्नेछन्। तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्ड अन्य सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।




.gif)



