images

२०८३ आश्विन २ गते

images
images
images

रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

images
images
आइतवार, चैत्र १ २०८२
आइतवार, चैत्र १ २०८२
  • ढोरपाटन (बागलुङ), १ चैत । बागलुङ–१ अन्तर्गतको रणनीतिक सडकले गति लिन सकेको छैन । साढे दुई दशक अगाडि मार्ग (ट्रयाक) खुलेको सडकको स्तरोन्नतिको काम ४० प्रतिशतमात्र सम्पन्न भएको छ । 

    images
    images

    विसं २०५७ मा अदालत चौपारीदेखि गौँडाकोट, तित्याङ हुँदै रायडाँडा जोड्न मार्ग खुलेको सडकको काम अहिलेसम्म आधा पनि पूरा हुन नसकेको हो । सिगाना–तित्याङको कमलडाँडाबाट मार्ग खुलेको सडक अहिले अदालत चौपारीदेखि गौँडाकोट, तित्याङ हुँदै भकुन्डे–रायडाँडा हुँदै बरेङ गुल्मीको शान्तिपुर जोडिएको छ । विसं २०८० चैतमा दुई वर्षमा १५ किलोमिटर सडक कालोपत्र गर्नेगरी बिडारी÷तुँदी निर्माण कम्पनीले जिम्मा पाएको थियो ।

    ग्रामीण सडक सञ्जाल सुधार आयोजना मार्फत एसियाली विकास बैंकको रु २८ करोड ऋण सहयोगमा यो सडक निर्माणको काम भइरहेको छ । समयमै सडक स्तरोन्नति नहुँदा हजारौँ यात्रुले सास्ती खेप्नुपरेको बागलुङ नगरपालिका–१० का पदमबहादुर थापाले गुनासो पोख्ए ।

    images
    images

    उनले भने, “बागलुङ बजार नजिकै रहेको भकुन्डे गाउँमा पुग्न डेढ घण्टा लाग्छ, सडकको दुरावस्थाका कारण वर्षौँदेखि यहाँका नागरिकले सास्ती खेप्नुपरेको छ, बर्खामा हिलो र हिउँदमा धुलोले हामी आजित भइसक्यौँ, यात्रा गर्दा पनि निकै जोखिमपूर्ण छ ।”

    भकुन्डे हुँदै रायडाँडा जोड्ने सडको करिब ६ किलोमिटरमा मात्रै नालीको काम भइरहेको छ । बागलुङ नगरपालिकाको सबैभन्दा विकटको बस्ती रायडाँडालाई जोडेको उक्त सडकको कामले गति लिन नसक्दा यात्रा गर्न र सामान ढुवानीमा समस्या भोग्नुपरेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । 

    “गाउँमा बस्ने नागरिकलाई यो सडकका कारण ठूलो समस्या भएको छ । एक डेढ घण्टामा पुग्न सकिने ठाउँमा दुईतीन घण्टा लाग्छ, साँघुरो र अप्ठ्यारो हुँदा दुर्घटनाको जोखिम पनि उस्तै छ ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend